भारत महाराष्ट्रमा पहिरो खस्दा ३६ जनाको मृत्यु भएको छ । अझै केही पुरिएका आशंका गरिएको छ ।
महाराष्ट्रको रायगढ जिल्लामा भारी वर्षापछि पहिरो गएको भारतीय संचारमाध्यले जनाएका छन् । रायगढकी जिल्ला अधिकारी निधि चौधरीले घटनाको पुष्टि गरे ।
उनका अनुसार जिल्लामा पहिरोबाट ३६ जनाको मृत्यु भएको छ भने अझै ३० जना पहिरोमा फसेका छन् । अहिले हेलिकोप्टरको सहयोगमा फसेकाहरुको उद्धारको काम भइरहेको छ ।
महाराष्ट्रको कोंकण क्षेत्रमा केही दिनयता लगातार भारी वर्षा हुँदा बाढी र पहिरो गएको छ । बाढी र पहिरोका कारण रेलवे डुबेपछि कम्तिमा ६ हजार यात्रु बाटोमै अलपत्र परेका छन् ।