भारतमा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ३९ हजार ९७ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३५ हजार ८७ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यस्तै गत २४ घण्टामा ५४६ जना संक्रमितको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख २० हजार नाघेको छ । अझै पनि ४ लाख ८ हजार सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म ४२ करोड ७८ लाख भने कोरोनाविरुद्धको खोप लगाएका छन् ।