एजेन्सी । अश्लिल चलचित्र निर्माणकाे आराेपमा पक्राउ परेका राज कुन्द्राकाे बारेमा उनकी पत्नी शिल्पा सेट्टीले कुन्द्राले अश्लील चलचित्र नबनाएकाे दाबी गरेकी छन् ।
प्रहरीकाे हिरासतमा रहेका राज कुन्द्राकाे घरमा प्रहरी जाँचकाे लागि गएकाे थियाे । प्रहरीले कुन्द्रा अश्लील फिल्म काराेबारमा जाेडिएकाेबारे उनकी पत्नी शिल्पा सेट्टीलाई थाहा छ कि छैन भन्नेबारे जानकारी लिन खाेजेकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
प्रहरीकाे टाेलीले उनकाे घरमा करिब ५ घण्टा बिताएकाे थियाे ।
शिल्पाले उनका पति कुन्द्राले पाेन फिल्म नबनाएकाे र उनले बनाउने फिल्म अश्लील नभएर इराेटिक भएकाे दाबी गरेको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएकाे छ ।
Shilpa Shetty said that she wasn’t aware of the exact content of HotShots. She claimed that she has nothing to do with HotShots. She mentioned that erotica is different from porn & her husband Raj Kundra wasn’t involved in producing porn content: Mumbai Police Sources
(File pic) pic.twitter.com/zNJSdzD4U7
— ANI (@ANI) July 24, 2021
मुम्बई प्रहरीले गत सोमबार अभिनेत्री शिल्पा सेट्टीका श्रीमान कुन्द्रालाई पोर्नोग्राफिक चलचित्र बनाउने र एप मार्फत रकम असुल्ने गरेको आरोपमा पक्राउ गरेको थियो ।