बेइजिङ । केही अमेरिकी अधिकारीमाथि चीनले प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हङकङस्थित चिनियाँ अधिकारीलाई अमेरिकाले लगाएको प्रतिबन्धको जवाफ स्वरूप चीनले पनि प्रतिबन्ध लगाएको हो ।
चीनले अमेरिकी पूर्व वाणिज्य मन्त्री विल्बर रससहित सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
यसअघि हङकङमा भएको आन्दोलनलाई दबाउन बल प्रयोग गर्ने भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो। त्यस्तै
वाशिङ्टनले आफ्नो व्यापारिक समुदायलाई हङकङमा काम गर्दा जोखिम बढ्न थालेको भन्दै त्यसमा चीन जिम्मेवार रहेको आरोप लगाएको थियो ।