logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • मन्त्रिपरिषद् विस्तारका लागि प्रचण्डको दौडधुप : नेपालसँग  छलफल 

    मन्त्रिपरिषद् विस्तारका लागि प्रचण्डको दौडधुप : नेपालसँग  छलफल 

    1.4K
    Shares

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको १० दिन पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका लागि दौडधुप जारी राखेका छन्। 

    आफ्ना पार्टीका ४९ सांसदले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका प्रचण्डले शनिबार बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन्। 

    शनिबार बिहान वरिष्ठ नेता नेपाललाई भेट्न प्रचण्ड उनको निवास कोटेश्वर पुगेका हुन्। कोटेश्वरमा प्रचण्ड र नेपालबीच करिब एक घण्टा छलफल भएको थियो। 

    सरकारमा सहभागिताको विषयमा वरिष्ठ नेता नेपालले प्रष्ट धारणा सार्वजनिक नगर्दा देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको देखिन्छ। एमालेका दोस्रो तहका नेताले एकतालाई अगाडि बढाउने विषयमा छलफल जारी राखेकाले पनि नेता नेपाल सरकारमा जान हतारिएका छैनन्। 

    सत्तारुढ गठबन्धनसँग आबद्ध एमालेको माधव र जसपाको उपेन्द्र यादव पक्षले मन्त्रिपरिषद् विस्तारका लागि समय मागेपछि ढिलाइ भएको बालुवाटार स्रोतको दाबी छ। 

    प्रचण्डले सरकारमा सहभागिताको विषयमा जोड दिँदै गर्दा एमाले एकता कायम गर्न अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयासमा दोस्रो तहका नेता सक्रिय छन्। 

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend