logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • जसपा यादव पक्षको कार्यकारिणी समिति बैठक : यी हुन् एजेन्डा

    जसपा यादव पक्षको कार्यकारिणी समिति बैठक : यी हुन् एजेन्डा

    3.9K
    Shares

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)  उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठक सुरु भएको छ। 

    कांग्रेस सभापति शेरबहादुर सरकारलाई समर्थन गरेको जसपा दुई समूहमा विभाजित छ। देउवालाई समर्थन गर्दा एकजुट भए पनि जसपामा महन्थ ठाकुर र यादव पक्षले छुट्टाछुट्टै बैठक बोलाएका छन्। 

    नेकपा एमाले माधव नेपाल समूहले सरकारमा जाने विषय टुंगो नलगाएसम्म देउवा सरकारमा जसपालाई इन्ट्री दिइसकेको छैन। 

    यादव पक्षका एक नेताका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल सुरु भएको छ। बैठकमा विशेष गरेर पार्टी विवाद, संसदीय दलको विधान र निर्वाचन आयोगमा परेको मुद्दाको विषयमा छलफल हुँदैछ। 

    जसपा आधिकारीकता विवाद निर्वाचन आयोगमा पुगेर अड्किएको छ। यादव पक्षको कार्यकारिणी बैठक सुरु भइसकेको छ भने महन्थ ठाकुर पक्षलेसमेत बैठक बोलाएको छ। 

    ठाकुर पक्षलेसमेत पछिल्लो राजनीतिक घटनाक्रम र आगामी कार्यदिशाबारे छलफलका लागि बैठक बोलाएको हो। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend