logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • जसपा विवाद : महन्थले दिएको रिटमाथि यादवको आपत्ति 

    जसपा विवाद : महन्थले दिएको रिटमाथि यादवको आपत्ति 

    1.8K
    Shares

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटप्रति आपत्ति प्रकट गरेको छ।

    शनिबार बसेको बैठकले निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित हुने गरी रिट दायर गर्नु गलत भएको निष्कर्ष निकालेको हो।

    बैठकको निर्णबारे जानकारी दिँदै यादव पक्षका कार्यकारिणी सदस्य रामसहाय यादवले भने, ‘निर्वाचन आयोग संवैधानिक निकाय हो, इजलास गठन भएपछि अदालत सरह नै मानिन्छ, विवादको निरुपण गर्ने प्रक्रियामा रहेकै बेला रिट दायर गर्न नमिल्ने हाम्रो निष्कर्ष हो।’ 

    यस विषयमा कानुन व्यवसायीसँग पनि सल्लाह गरेको उनले बताए। ‘निर्वाचन आयोगले अहिले कुनै निर्णय गरेको छैन, आदेश मात्र दिएको छ, निर्णय नआएको अवस्थामा त्यसको विरुद्धमा रिट दायर गर्न मिल्दैन’ नेता यादवले भने, ‘सर्वोच्च अदालतले निर्वाचन आयोगको प्रक्रिया रोक्न मिल्दैन।’ 

    बैठकमा संसदीय दलले पारित गरेको विधानको बारेमा पनि छलफल भएको छ। उक्त विधान कार्यकारिणी सदस्यलाई अध्ययनका लागि दिइएको छ। विधान अगामी बैठकमा पुनः छलफल गरी पारित गरिने बताइएको छ। 

    निर्वाचन आयोगले जसपाको आधिकारिक विवादमा विषयमा बिहीबार मात्र दुवै पक्षलाई ‘हेड काउन्ट’ का लागि बोलाएको थियो। फुटको संघारमा रहेको जसपाका दुवै समूहले शनिबार छुट्टाछुट्टै कार्यकारिणी समितिको बैठक गरेका थिए। 

    जसपाका अध्यक्ष महन्थ ठाकुर समूहको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा र अर्का अध्यक्ष उपेन्द्र यादव समूहको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको थियो। अहिले दुवै समूहले आआफ्नो पक्षमा बहुमत पुर्‍याउनका लागि सक्दो प्रयास गरिरहेका छन्। 

    हेड काउन्टरका लागि निर्वाचन आयोगले दिएको आदेशविरुद्ध ठाकुर पक्षले उपेन्द्र यादवलाई समेत विपक्षी बनाई सर्वोच्च अदालतमा शुक्रबारनै रिट दायर गरेको थियो। नेताको संख्या गन्दा यादव पक्ष बलियो हुने देखिएपछि ठाकुर पक्षले निर्वाचन आयोगको निर्णय अघिनै अदालतमा रिट दायर गरेको हो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend