काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले आफूले नेपाल फुटबल संघ एन्फासमक्ष राजीनामा दिन लागेको जानकारी गराएका हुन् ।
उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ्गका कारण राजीनामा दिने निर्णयमा पुगेको उल्लेख गरेका छन् । उनले आइतबार नै एन्फा गएर राजीनामा बुझाउने समेत उल्लेख गरेका छन् ।
अब्दुल्लाहले लेखेका छन्,’ एन्फाका प्रथम उपाध्यक्ष पंकजविक्रम नेम्वाङको पछिल्लो तीन सातादेखिको ब्यवहारले आफुलाई अचम्म तुल्याएको छ ।’