logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सागका पदक विजेतालाई नगद पुरस्कार

    सागका पदक विजेतालाई नगद पुरस्कार

    3K
    Shares

    काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता आठ खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स संघले नगद पुरस्कार प्रदान गरेको छ । संघले सोमबार आयोजित कार्यक्रममा स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो । 

    पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्य सचिव सूर्य भण्डारी, एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र पूर्वसभासद कल्पना चौधरी (बस्नेत) ले पुरस्कार प्रदान गरेका हुन् ।

    दुई वर्षअघि नेपालमा आयोजना भएको १३औं सागमा नेपालले तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जितेको थियो । सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले पाँच हजार मिटर र किरणसिंह बोगटीले म्याराथनमा स्वर्ण पदक जितेका थिए । 

    यसैगरी पुष्पा भण्डारीले महिलातर्फको म्याराथनमा रजत पदक जितेकी थिइन् । यसैगरी सोमबहादुर कुमालले आठ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजामर मिटर र दीपक अधिकारीले १० हजार मिटर दौडमा कांस्य पदक जितेका थिए । 

    सोही कार्यक्रममा अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने अजितकुमार यादवलाई पनि बिदाइ गरिएको थियो । उनले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । 

    यसैगरी केन्याको नौरबीमा आयोजना हुने वल्र्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा पनि अजितले सहभागिता जनाउने छन् । 

    उनले तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । अजितले सन् २०१८ मा हङकङमा आयोजना भएको एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपको म्याराथनमा स्वर्ण पदक जितेका थिए ।
      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend