logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • विवादले रोकियो तिम्सिनाको टोकियो यात्रा

    विवादले रोकियो तिम्सिनाको टोकियो यात्रा

    2.1K
    Shares

    काठमाडौं । टोकियो ओलम्पिकमा एथ्लेटिक्स टोलीको ब्यवस्थापक तय गरिएका नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपमहासचिव पिताम्बर तिम्सिनाले अन्तिममा आएर टोकियो नजाने निर्णय गरेका छन् । 

    सामाजिक सञ्जालमार्फत तिम्सिनाले विविध कारणले आफु टोकियो ओलम्पिमकमा सहभागिता जनाउन नपाउने बताएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष समेत रहेका तिम्सिना हाल अमेरिकामा छन् । यसअघि उनी उतैबाट जापान जाने बताइएको थियो । तिम्सिना एथ्लेटिक्सको म्यानेजर भएर जान लागेको विषयमा पनि नेपालमा विवाद भएको थियो ।

    ओलम्पिकमा नेपालबाट खेलाडीभन्दा पदाधिकारीको लर्को लागेको भन्दै चर्को विरोध भइरहेको छ । अझ एउटा राष्ट्रिय खेल संघका अध्यक्ष अर्को खेलको व्यवस्थापक बनेर जापान गएको घटनाले नेपाली खेलकुल लज्जित बनेको छ ।

    नेकपा एमाले नेता बामदेव पत्नी एवं नेपाल कबड्डी संघकी अध्यक्ष तुलसा थापा जुडो खेलको ब्यवस्थापक बनेर ओलम्पिक गएपछि सञ्चारमाध्यम र समाजिक सञ्जालमा नकारात्मक टिप्पणी भइरहेको छ । तुलसा एनओसीकी सचिव पनि हुन् । ओलम्पिकको उद्घाटन शत्रमा तुलसाले हात हल्लाउँदै मार्चपास गरेको दृश्यले नेपाली खेलकुदमा थप चर्चा पाइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend