काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र मानुसी लघुवित्त वित्तीय संस्थाले साउन महिनामा साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । सानिमा इन्स्योरेन्सले साउन २० र मानुसी लघुवित्तले २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेका हुन् ।
सानिमाले ६० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको जनाएको छ । जसमध्ये ५ प्रतिशशत कर्मचारीलाई र थप ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओ छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यसैगरी मानुसी लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको छ ।
साउन २७ देखि ३१ गतेसम्म न्यूनतम १० तथा अधिकतम एक हजार कित्ता शेयर आवेदन दिन सकिनेछ ।