एजेन्सी। आफ्नै भूमिमा आयोजित ओलम्पिक गेम्समा स्वर्ण पदक जितेर सर्मथकलाई खुशी दिने बताएकी जापानकी टेनिस सुन्दरी नाओमी ओसाका तेस्रो चरणमै पराजित भएकी छन्।
मंगलबार भएको महिला एकलको तेस्रो चरणको खेलमा ओसाका चेक गणतन्त्रकी मार्केता भोन्ड्रोउसोभासँग सोझो सेटमा पराजित भईन्। २३ बर्षीय ओसाकामाथि मार्केताले ६–१, ६–४ को सहज जित निकालिन्।
चारपटककी ग्रान्डसलाम च्याम्पियन ओसाका डिप्रेसन र मेन्टल हेल्थका कारण दुई महिनादेखि मैदान बाहिर रहेकी थिइन्।
उनले गत मेमा भएको फ्रेन्च ओपन टेनिसको बीचमै छाडेकी थिइन्। चार पटकको ग्रान्डस्लाम विजेता ओसाकाले डिप्रेसन, मेन्टल हेल्थ लगायत समस्याका कारण देखाउँदै फ्रेन्च ओपन टेनिसको दोस्रो चरणबाटै नाम फिर्ता लिएकी थिइन्।
ओलम्पिक गेम्ससँगै कोर्टमा पुनरागमन गरेकी ओसाकाको स्वर्ण चुम्ने सपना साकार बन्न सकेन।