काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपत्कालिन बैठक शुक्रबार बस्ने भएको छ ।
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमार्फत एन्फाका परिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई मुछेर राजीनामाको घोषणा गरेपछिको अवस्थाबारे छलफल गर्न एन्फा बैठक बस्न लागेको हो ।
पंकजले आफूमाथि लागेको आरोपको छानविन गर्न सोमबार एन्फामा निवेदन दिएका थिए । बैठकमा उपाध्यक्ष पंकज र प्रशिक्षकबीचको विषय तथा आसन्न साफ च्याम्पियनसिप फुटबलको विषयमा छलफल हुने एन्फाले जनाएको छ ।
प्रशिक्षक अब्दुल्लाहले आइतबार फेसबुकमा स्टाटस लेखेर आफूले राजीनामा दिन एन्फा जान लागेको र राजीनामा दिनुका कारण वरिष्ठ उपाध्यक्ष पंकज भएको सार्वजनिक गरेका थिए ।