काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टारत्रय कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछानेको टीट्वान्टी बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्ले बरियतामा तीनैजना स्टारको वरीयता खस्किएको हो । वरीयतामा ज्ञानेन्द्र मल्ल दुई स्थान तल झर्दै ९७औं स्थानमा छन् ।
पूर्वकप्तान पारस खड्का तीन स्थान खस्किदै ९४औं स्थानमा झरेका छन् । बलर सन्दीप लामिछाने चार स्थान खस्किदै ८२औँ स्थानमा पुगेका छन् । यसैगरी युवा ब्याट्सम्यान कुशल भुर्तेलले एक स्थान सुधार गरेका छन् । उनी ६०औँ स्थानमा उक्लिएका छन् । तीव्र गतिका बलर सोमपाल कामी भने ९७औँ स्थानमा उक्लिएका थिए । टिम वरीयतातर्फ समग्रमा नेपाल १२औँ र ओडिआईमा १६औं स्थानमा यथावत छ ।
विश्व वरियताको ब्याटिङतर्फ इङ्ल्यान्डका डेविड मलान छन् । पाकिस्तानका बाबर आजम दोस्रो, अष्ट्रेलिया कप्तान अरोन फिन्च तेस्रो, न्युजिल्यान्डका डेभन कन्वे चौथो र भारतीय कप्तान विराट कोहली पाँचौ स्थाानमा यथावत छन् । बलिङतर्फ दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी शीर्ष स्थान ओगटेका छन् । श्रीलंका स्पिनर वानिन्दु हसरंगा दोस्रो र अफगानिस्तानका राशिद खान तेस्रो स्थानमा छन् । टीट्वान्टी अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नावीको शीर्ष स्थानमा यथावत छ ।