काठमाडौं । माधव नेपाल समूहलाई समेत समेटेर गर्ने उद्देश्यले एक दिन सारिएकोृ नेकपा (एमाले) स्थायी कमिटीको र्बैठक आइतबार जारी छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका हुन् । बैठकमा माधव नेपाल समूह उपस्थित छैन ।
उपाध्यक्ष गौतम पछिल्लो समयमा केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् ।
यसअघि शनिबार दिउँसोका लागि तय भएको बैठक पार्टी एकताको पहलका लागि भन्दै विषयमा प्रवेश नगरी आइतबारका लागि बस्ने गरी स्थगित गरिएको थियो ।
माधव नेपाल समूहले अध्यक्ष केपी ओलीले बोलाएको बैठक बहिष्कार गर्दै आएका छन् । आइतबारको बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा केन्द्रित हुने बताइएको छ ।