टोकियो। टोकियो ओलम्पिक अन्तर्गत गल्फ खेलमा पुरुषतर्फको स्वर्ण पदक अमेरिकाले जितेको छ।
आइतबार भएको फाइनलमा अमेरिकाका स्कोपफ्ले जेन्डरले कूल १८ अन्डर दुई सय ६६ खेल्दै स्वर्ण जितेका हुन्। स्वर्ण जित्ने क्रममा जेन्डरले स्लोभाकियाका सब्बाटिनी रोरीलाई एक स्ट्रोकले पछि पारे।
कुल १७ अन्डर दुई सय ६७ स्कोर खेलेका रोरीले रजत पदकमा चित्त बुझाए। यसैगरी कूल १५ अन्डर दुई सय ६९ खेलेका चाइनिज ताइपेईका सीटी पानले कांस्यमा चिक्त बुझाए।
पानले समान १५ अन्डरनै खेलेका अमेरिकाका मोरीकावा केलिनलाई काउन्ट ब्याकका आधारमा पछि पारेका थिए।