logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रशिक्षक अब्दुल्लाहको राजीनामा प्रकरण राखेपले छानबिन गर्ने 

    प्रशिक्षक अब्दुल्लाहको राजीनामा प्रकरण राखेपले छानबिन गर्ने 

    2K
    Shares

    काठमाडौं। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको राजीनामा प्रकरणको विवाद राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानबिन गर्ने भएको छ।

    यसअघि एन्फाले विवादको छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको थियो। मन्त्रालयले एन्फा विवादको छानबिन गरी प्रतिवेदन बुझाउन राखेपलाई पत्राचार गरेको छ।

    प्रशिक्षकले सामाजिक सञ्जालमा घोषणा गरेको राजीनामा र उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङमाथि लाएको आरोपको छानबिनका विषयमा लिएर अहिले एन्फाभित्रै चर्को विवाद भइरहेको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेसँगै युवा तथा खेलकुद मन्त्रालय मन्त्री विहिन छ। 
    त्यसैले मन्त्रालयका सचिव केदार न्यौपानेले फुटबलमा देखिएको सम्पूर्ण विवाद र समस्या छानविन गरि समाधानको उपाय सहित प्रतिवेदन पेश गर्न राखेपलाई निर्देशन दिएका हुन्।

    वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाहले एकअर्काविरुद्ध छानबिनको माग गर्दै एन्फामा निवेदन दिएका थिए। एन्फो शुक्रबार सम्पन्न बैठकले दुबैको निवेदनबारे छानबिन गर्न मन्त्रालयलाई आग्रह गरेको हो। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend