logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास 

    पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास 

    1.7K
    Shares

    काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।  मंगलबार सन्यासको निर्णय लिएको खड्काले जानकारी दिएका हुन् । 

    ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु’, खड्काले भने ।

    खड्काले नेपालमा खेल्नु जीवनकै सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन् । सन् २००२ मा १५ वर्षको हुँदा क्रिकेट खेल्न सुरु गरेको सम्झदै खड्काले समर्थन, माया, हौसला दिने प्रशिक्षक, साथी, प्रशंसक, मिडिया र परिवारप्रति ऋणी भएको उल्लेख गरेका छन् । 

    खड्काले क्रिकेटरका रुपमा आफूले मन, वचन र कर्मले कर्तव्यनिष्ठ भएर देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । 

    उनले आफ्नो जीवनमा देखेको सपना भनेकै नेपाली क्रिकेटको उन्नति भएको भन्दै क्रिकेट विकासका लागि संयुक्त प्रयास गर्न सबैलाई अनुरोध गरेका छन् । उनले इमानदारिताका साथ काम गर्दा नेपाली क्रिकेटलाई एउटा उचाइमा पुर्यानसकिने दाबीसमेत गरेका छन् । 

    उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटको लागि सपना बाँकी नै रहेको र त्यो वाम सर्दै गरेको उल्लेख गरेका छन् । 

    उनले मैदान भित्र दुई दशक बिताएको समय जीवन भर सम्झनालायक हुने भन्दै सबै मिलेर नेपाली क्रिकेटलाई उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् । 

    parash.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend