logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • झापाको गिरिबन्धु टि-स्टेटको जग्गा हिनामिनाको प्रश्न संसद्‍मा : छानबिन गर्न झाक्रीको माग 

    झापाको गिरिबन्धु टि-स्टेटको जग्गा हिनामिनाको प्रश्न संसद्‍मा : छानबिन गर्न झाक्रीको माग 

    2.8K
    Shares

     

    काठमाडौं। झापाको गिरिबन्धु टि-स्टेट गार्डेनको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्दा हिनामिना भएको भन्दै संसदमा प्रश्न उठेको छ। 

    एमाले सांसद रामकुमारी झाक्रीले संसदमा बोल्दै गिरिबन्धु टि–स्टेटले राखेको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्ने अघिल्लो सरकारको निर्णय खारेज गर्न माग गरेकी हुन्। 

    उनले यो मन्त्रिपरिषद्को निर्णय तत्काल खारेज गर्नुपर्ने माग गर्दै झापाबाट एउटा प्रतिनिधिमण्डल काठमाडौं आएकोसमेत जानकारी गराएकी छन्। 

    ‘झापाको गिरिबन्धु टि–स्टेट गार्डेनको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्ने अघिल्लो सरकारको मन्त्रिपरिषद् निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधिमण्डल आएको छ’, सांसद झाक्रीले भनिन्, ‘यसतर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।’  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend