एजेन्सी । ब्राजिल टोकियो ओलम्पिक पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
कासिमा स्टेडियममा मंगलबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई टाइब्रेकरमा ४–१ गोलले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा समेत गोल रहित बराबरीमा सकिएको खेलको नतिजा टाइब्रेकरमा पुगेर सकिएको थियो । टाइब्रेकरमा मेक्सिको निरिह बन्यो ।
टाइब्रेकरमा ब्राजिलका डानी अल्भेस, गाब्रियल मार्टीनेली, ब्रुनो गुइमारेस र रेइनिरीले गोल गरे । मेक्सिकोका कार्लोस रोड्रिगेजले मात्र गोल गर्न सकेका थिए । उपाधिका लागि ब्राजिलले आयोजक जापान र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।