एजेन्सी । न्युयाेर्कका गभर्नर एन्ड्र्यु क्युमोमाथि ११ जना महिलालाई याैन दूर्व्यवहारकाे आराेप लागेकाे छ । उक्त आराेपपछि क्युमोलाई अमेरिकाका राष्ट्रपति जो बाइडेनले राजीनामा दिन सुझाव दिएका छन् ।
मंगलबार पत्रकारहरुसँगकाे कुराकानीका क्रममा बाइडेनले क्युमाेलाई राजीनामा दिन सुझाव दिएका हुन् ।
कुमोले वर्तमान र पूर्व कर्मचारीलाई कार्यालयमा दुर्व्यवहारजन्य वातावरणसमेत बनाएको रिपोर्ट बाहिरिएकाे हाे । कुमोमाथि पाँच महिना अघि दुर्व्यवहारबारे आरोप लागेको थियो । डेमोक्रेट पार्टीका तर्फबाट गभर्नर बनेका कुमोले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् ।
कुमोले गलत नियतले महिलाहरूलाई चुम्बन गर्ने, अँगालो मार्ने र भद्दा प्रतिक्रिया दिने गरेको रिपाेर्टमा जनाइएकाे बीबीसीले उल्लेख गरेकाे छ ।