logo

२०८१ पुष १३ शनिबार

logo
  • शनिबार, १३ पुष २०८१
  • कांग्रेस शीर्ष नेताको बैठक बस्दै 

    कांग्रेस शीर्ष नेताको बैठक बस्दै 

    4.7K
    Shares

    काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार दिउँसो बस्दैछ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवासको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा क्रियाशील सदस्यता विवाद र मन्त्रीमण्डल गठनबारे छालफल हुने बताइएको छ। 

    बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौल, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक लगात सहभागी बन्नेछन्। 

    हालै क्रियाशील सदस्यता छानबिन समिलते सहमति गर्न नसकेका क्षेत्रको विवाद मिलाउने जिम्मा पार्टीका शीर्ष तीन नेतालाई दिएको थियो। शीर्ष नेतालाई विवाद समाधभानका लागि पाँच दिनको समय दिइएको थियो।

    मंगलबार नै समयसीमा गुजारिसकेका शीर्ष नेताबीच सदस्यता विवादको मापदण्डमै सहमति जुट्न सकेको छैन। क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ। 
    कांग्रसको बारा, सप्तरी, धनुषा, सर्लाही, रसुवा सिन्धुपाल्चोक लगायत जिल्लामा क्रियाशील सदस्यता विवाद अझै सुल्झिएको छैन। 

    कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने विवाद भएका ठाउँमा पुरानै सदस्यतालाई मान्यता दिनु उपयुक्त हुने बताएको छ। मंगलबार बसेको पौडेल समूहको बैठकले यस्तो निष्कर्ष निकालेको हो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend