logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा

    नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा

    2.9K
    Shares

    काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो।

    साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले साफ अघि भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। कोरोनाका कारण नेपालमा भएको दक्षिण एसियाली खेलकुद (सागं) पछि दशरथ रंगशालमा कुनैपनि ठूला अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन सकेको छैन।

    यसअघि सन् २०२२ को विश्वकप छनोटका बाँकी खेल दशरथ रंगशालामा हुने भनिए पनि कोरोनाकै कारण कुवेत सारिएको थियो। १३ औं संस्करणको साफ च्याम्पियनसिप आगामी अक्टोबरमा हुँदैछ। घरेलु मैदानमा आयोजना हुने साफका लागि नेपाली टोलीले प्रशिक्षण समेत सुरु गरिसकेको छ।

    साफअघि नेपालले बंगलादेश, किर्गिस्ताान र प्यालेस्टाइनसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरेको एन्फाले जनाएको छ। यी तीनदेशसँगको अन्तिम निर्णय गर्न बाँकी छ।

    साफ आयोजनाका लागि नेपाल सरकारले एन्फालाई ५ करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको छ। एन्फाले साफसँग १० करोड प्रस्ताव समेत गरिसकेको छ। गतवर्ष नै बंगलादेशमा आयोजना तय भएको साफ च्याम्पियनसिप कोरोनाका कारण एक वर्षपछि सारिएको थियो।

    साफमा ५ टोलीको सहभागिता निश्चित भइसकेको छ। जसमा नेपालसँगै माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानले भाग लिने छैन।

    कोरोना संक्रमणले देशबाहिर जान प्रतिबन्ध लगाइएका कारण भुटानले पनि भाग नलिने निर्णय गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend