एजेन्सी। साविकविजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिगवान फुटबलमा सुखद सुरुआत गरेको छ। नयाँ सिजनअन्तर्गत शनिबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा पीएसजीले ट्रोयसलाई उसैको मैदानमा २–१ गोलले हरायो।
पाहुना टोली पीएसजीले पुनरागमन जित निकालेको हो। पहिलो हाफमै गोल सम्भव भएको खेलमा सुरुआती अग्रता ट्रोयसले लिएको थियो। नवौं मिनेटमा ट्रोयसका ओउवालिड इल हाइजमले गोल गर्दै घरेलु टोलीको उत्साह बढाएका थिए।
उनले डायलन चाम्बोसको पासमा गोल गरेका थिए। तर ट्रोयसको खुशी लामो समय टिकेन। १९ औं मिनेटमा पीएसजीका अर्चफ हाकिमीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
यसै सिजन इन्टर मलिान छाडेर पीएसजीमा अनुबन्ध भएका हाकिमी एन्डर हेरेराको पासमा गोल गरको थिए। दुई मिनेट लगत्यै माउरो इकार्डीले गोल गर्दे पीएसजीलाई अग्रता दिलाए।
उनले सुपरस्टार केलियन एममबाप्पेको पामसा जाली चुमाएका थिए। सिजनको पहिलो जितसँगै तीन अंक बनाएको पीएसजी तालिकाको शीर्ष स्थानमा छ। शनिबार राति नै अन्य खेलमा लियोन र ब्रेस्टतथा मोनाको र नान्टेसले समान १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।