logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अफगानिस्तानमा बढ्यो त्रास : थप तीनवटा क्षेत्रीय राजधानी तालिबानको कब्जामा

    अफगानिस्तानमा बढ्यो त्रास : थप तीनवटा क्षेत्रीय राजधानी तालिबानको कब्जामा

    2.5K
    Shares

    तस्बिर: रोयटर्स

    एजेन्सी । अफगानिस्तानमा तालिबान समूहले थप तीनवटा क्षेत्रीय राजधानीहरूमा कब्जा जमाएको छ।

    तालिबानले आइतबार देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको थियो भने  सार-ए-पोल र तालोकान सहरमा पनि कब्जा गरेको बीबीसीमा उल्लेख छ।

    युद्धविरामको आह्वानलाई अस्वीकार गरेको सो समूहले देशब्यापी रुपमा आफ्नो नियन्त्रण बढाउने क्रम जारी राखेको छ ।

    तालिबानले गत शुक्रवारयता पाँचवटा क्षेत्रीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरिसकेको छ। त्यसमध्ये तालिबानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो।

    बीस वर्ष लामो सैन्य अभियानपश्चात् अन्तर्राष्ट्रिय फौजले अफगानिस्तान छाड्न थालेपछि त्यहाँ हिंसा व्यापक रूपमा बढेको हो।

    अफगान सरकारले तालिबानको नियन्त्रमा रहेका क्षेत्रहरूलाई पुन: फिर्ता ल्याउन सरकारी फौजले कारबाही जारी राखेको जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend