एजेन्सी । प्रिसिजनको मैत्रीपुर्ण खेलमा इटालियन क्लब इन्टर मिलानले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इन्टर मिलानले इटालियन क्लब पर्मालाई २–० गोलले हरायो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा मिलानाई जिताउन मार्सेलो ब्रोजोभिकले ५९औं र माटिएस भेसिनोले ६९औं मिनेटमा गोल गरे ।
अर्काे मैत्रीपुर्ण खेलमा इङ्लिस क्लब लिभरपुल र स्पेनिस क्लब एथलेटि बिल्वाओले १–१ गोलको बराबरी खेलेका छन् । एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुलका लागि डिएगो जोटाले १३औं मिनेटमा खाता खोलेका थिए ।
बिल्वाओका एलेक्स बेरेनगुएरले ५३औं मिनेटमा बराबरी गोल फर्काए । अर्काे खेलमा डच क्लब फियोनुर्डले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई २–१ गोलले हराएको छ ।