logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बोटलर्स नेपाल (तराई) लिमिटेडले ७ उत्कृष्ट आईडियालाई सिडमनी प्रदान गर्ने

    बोटलर्स नेपाल (तराई) लिमिटेडले ७ उत्कृष्ट आईडियालाई सिडमनी प्रदान गर्ने

    3.5K
    Shares

    काठमाडौं । कोकोकोला नेपाल र नेपाल युवा परिषदको संयुक्त पहलमा सात उत्कृष्ट आईडियालाई सिडमनी प्रदान गरिने भएको छ । 

    हरेक प्रदेशको एक उत्कृष्ट आईडियालाई रु. ५० हजार सिडमनी प्रदान गरिने नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँले जानकारी दिए । ‘वातावरण संरक्षण र युवा सहभागीता’ भन्ने मुख्य थिममा रहेर यो कार्य गर्न लागिएको बानियाँले बताए । 

    नेपाल युवा परिषदले कोकाकोला नेपालको आर्थिक सहकार्यमा ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराउने गरी भर्चुअल रुपमा कार्यक्रम आयोजना गर्ने भएको हो ।

    अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा आयोजना गर्न लागिएको राष्ट्रिय युवा सम्मेलन २०२१ यही अगष्ट १२ र १३ अर्थात श्रावण २८ र २९ गते राजधानीमा चल्नेछ । कोभि- १९ को दोस्रो तथा तेस्रो सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गर्न लागिएको हो ।

    २ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ, जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ । अन्य ६६ जना बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराएर समावेश गरिने आयोजकले जनाएको छ । जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ ।

    युवा सशक्तिकरण र वातावरण संरक्षणमा सक्रिय कोकाकोला नेपालले आगामी दिनहरु थप रचनात्मक कार्यहरु गर्ने विश्वास बानियाँले व्यक्त गरे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend