काठमाडौं । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघि नै बाहिरिएकोमा अर्थ मन्त्रालयले चासो देखाएको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई फाेन गरेर याे के भएकाे भनी प्रश्न गरेकाे अर्थमन्त्रालय स्राेतले बताएकाे छ ।
शनिबार सवा ४ बजे सार्वजनिक गर्ने तयारी भएको मौद्रिक नीति दिउँसाे नै बाहिरिएकाे दाबी गरिएकाे छ । माैद्रिक नीति बाहिरिएकाे भनी इकोनोमिक मिडिया सोसाइटीले विज्ञप्ति निकालेर आपत्ति जनाइसकेकाे छ । साेसाइटीले उक्त विषयमा छानविन गर्न मागसमेत गरेको छ ।
यही विषयमा अहिले चाैतर्फी आलोचना भइरहेकाे छ ।