काठमाडाैं । विद्युत्तीय सवारीका लागि आबश्यक चार्जिङ स्टेशन निमार्णका लागि सरकारले पुनर्कर्जा दिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो जानकारी दिएका हुन् ।
विद्युतीय सवारीको प्रयोग बढाउन तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्न सो व्यवस्था ल्याइएको उनले बताए ।
यसैगरी शेयर धितोमा मौद्रिक नीतिले कडाइ गरेको छ । सेयर धितो राखेर एक व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने छन् ।