logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • २० हजार अफगानी नागरिकलाई शरण दिन्छौँ : क्यानडा

    २० हजार अफगानी नागरिकलाई शरण दिन्छौँ : क्यानडा

    2K
    Shares

    एजेन्सी । अफगानिस्तानमा विद्रोही समूह तालिबान र सरकारबीचको जारी हिंसाका कारण हजारौँ सर्वसाधारण देश छोड्न बाध्य बनेका छन् ।

    यसैबीच क्यानडाले २० हजार अफगानी नागरिकलाई शरण दिने बताएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जारी हिंसाका कारण मुलुक छाड्न बाध्य २० हजार अफगानीलाई शरण दिने बताएका हुन् । 

    उनले ट्वीटरमा लेखेका छन्, ‘अफगानिस्तानको स्थिति खराब हुँदैछ । त्यहाँका नागरिकको जीवन खतरामा छ । उनीहरूको सहयोगका लागि हामीले हाम्रो रिसेटलमेन्ट कार्यक्रम विस्तार गर्दैछौँ । हामी २० हजार प्रभावित अफगानीलाई शरण दिनेछौँ ।’

    क्यानडाका आप्रवासी मामिलामन्त्री मार्को मेन्डिसिनो महिला नेता, मानवअधिकार कार्यकर्ता, पत्रकार, अल्पसंख्यक समुदाय, एलजीबीटीक्यूआई र अनुवादकका रुपमा कार्यरत अफगानी आफूहरुको योजनाको प्राथमिकतामा रहेका जानकारी दिएका छन् ।
    तालिबानले पछिल्लो समय लगातार अफगानिस्तानको प्रमुख सहरहरुमा कब्जा जमाइरहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend