logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बागलुङमा आत्महत्याका घटना उच्च, झुण्डिएर मर्नेको सङ्ख्या धेरै

    बागलुङमा आत्महत्याका घटना उच्च, झुण्डिएर मर्नेको सङ्ख्या धेरै

    3.1K
    Shares

    बागलुङ । जिल्लामा आत्महत्याको घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७७/७८ मा ३७ आत्महत्याका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी विराट शर्मा पौडेलका अनुसार जिल्लामा अघिल्लो आर्थिक वर्षमा मात्र ३७ आत्महत्याका मुद्दा दर्ता भएका हुन् । 

    आर्थिक वर्ष ०७५/७६ मा जिल्लामा ४५ आत्महत्याका मुद्दा दर्ता भएका थिए । त्यस्तै, आर्थिक वर्ष ७६/७७ मा ४७ जनाले आत्महप्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्क रहेको छ । जसमा सबै मुद्दा फछ्र्यौट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७५/७६ मा ४२ जनाले झुण्डिएर आत्महत्या गरेका थिए । विष सेवन गरी ३ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७६/७७ मा ४३ जनाले झुण्डिएर आत्महप्या गरेका थिए भने ४ जनाले विष सेवन गरी आत्महप्ता गरेका थिए । जसमा झुण्डिएर आत्महत्या गरेका १५ मुद्दा फछ्र्यौट भएका छन् भने २८ मुद्दा अझैै फछ्र्यौट हुन बाँकी रहेका छन् । विष सेवन गरेर आत्महत्याका ४ वटै मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । 

    आर्थिक वर्ष ०७७/७८ मा पनि ३७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङमा दर्ता भएका आत्महत्या सम्बन्धका ३७ मुद्दामध्ये ३५ मुद्दा झुण्डिएर आत्महत्याका रहेको छन् । १ जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको तथ्याङ्क रहेको छ । २ जनाले हामफालेर आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षमा दर्ता भएका झुण्डिएर आत्महत्या गरेका कुल मुद्दामध्ये २ मुद्दा फछ्र्याैट भएका छन् भने ३३ मुद्दा अझै फछ्र्यौट हुन बाँकी रहेका छन् ।

    त्यस्तै, विष सेवन गरी आत्महत्याको १ मुद्दा पनि फछ्र्याैट हुन बाँकी रहेको छ । हामफाली आत्महत्याका २ मुद्दा पनि फछ्र्याैट हुन बाँकी छन् । 

    जिल्लामा अघिल्लो आर्थिक वर्षको श्रावणमा ४, भदौमा ६, असोजमा २, कात्तिकमा ८, पौषमा १, माघमा ४, फाल्गुनमा ४, चैत्रमा ५, जेष्ठमा १ र असारमा २ जना व्यक्तिले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घरेलु हिंसा, मानसिक तनाव लगायतका कारणले आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीको निष्कर्ष छ । गरिबी, बेरोजगारी लगायतका कारणले पनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख कृष्ण बहादुर पल्ली मगरले जानाकारी दिए । उनी भन्छन्,‘आत्महत्या यही भएर गरेको हो भन्न निकै गाह्रो हुन्छ तर, विषेशगरी मानसिक तनावमा भएका व्यक्ति, गरिबी, बेरोजगारी, पारिवारिक मनमुटाव लगायतका कारणहरु अनुसन्धानबाट खुल्छन् ।’

    पछिल्लो समयमा अनौतिक सम्बन्धका कारण पनि आत्महत्या गर्ने गरेको पाईएको मगरले बताए । उनले भने,‘अनौतिक सम्बन्धका कारण आत्महत्या गर्नेको संख्या पनि पछिल्लो समयमा बढ्दै गएको पाईन्छ, परस्त्री वा परपुरुषसंग अनैतिक यौन सम्बन्ध राख्ने र उक्त कुरा बाहिर आउने डरले मानसिक तनाब भई आत्महत्या गर्नेको संख्या बढेको छ ।’ भन्छन् ‘प्रायः विद्यार्थीले त अझ परीक्षामा आफुले सोचे अनुरुपको नम्बर नआउँदा पनि आत्महत्याको बाटो रोजेको पाइएको छ ।’

    आत्महत्याको दर घटाउनका लागि जिल्ला प्रहरीले कार्यालयले विभिन्न अभियान सञ्चालन गरेको भए पनि कोरोनाका कारण सबै कार्यक्रमहरु अहिले स्थगित छन् । कोरोना अगाडि जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न क्षेत्रमा गएर सचेतनामुलक कार्याक्रम गर्ने गरेको थियो । धौलागिरी अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र ‘ओसिएमसि’ले आत्महत्याको प्रयास गर्ने व्यक्तिहरुलाई परामर्श दिने गरेको छ । ओसिएमसिकी प्रमुख तथा नर्सिङ अधिकृत देवी भट्टराईका अनुसार पछिल्लो समयमा प्रेममा धोका पाए पछि पनि आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । 

    भट्टराई भन्छिन्,‘पछिल्लो समयमा प्रेममा धोका पाएपछि पनि आत्महत्या गर्ने क्रम बढेको छ । विशेषगरी किशोर अवश्थाका व्यक्तिहरु प्रेममा पर्ने र धोका पाएमा आत्महत्या रोज्ने विकृति बढेको छ ।’ बिषेशगरि किशोरावश्थामा पछिल्लो समयमा प्रेम विकृतिको रुपमा पनि देखिन थालेको छ । आत्महत्याको प्रयास गर्ने प्रायः २५ देखि ४५ उमेर समुहका रहेको छन् । बढ्दै गएको आत्महत्याका घटनाले निकट भविष्यमा बिकराल रुप लिने निश्चित देखिन्छ । 

    केन्द्रले आत्महत्या प्रयास गर्नेको कारण खोजी परामर्श दिएर पठाउने र विभिन्न समयमा फलो–अपको लागि बोलाउने तथा सम्पर्क गर्ने गरेको छ । गरिबी, बेरोजगारीका प्रयास गर्नेका लागि भने पालिका तथा सरोकारवाला निकायसंग समन्वय गरी समस्या समाधानको प्रयास गर्ने गरिएको भट्टराईले जानकारी दिईन् । धौलागिरि अस्पतालका मानसिक रोग विशेषज्ञ डा. धिरेन्द्र पौडेलका अनुसार प्रायः मानसिक समस्या भएका बिरामीले आत्महत्या गर्ने गरेको भएपनि आवेगका कारण पनि आत्महत्या हुने गरेको पाईएको छ ।

    कोरोना संक्रमणका कारण मानिसहरु बाहिर निस्किन नपाउने, भेटघाट गर्न नपाउने, घरमा एक्लै बस्नु पर्ने, रोजगारी गुम्नु लगायतका कारण पनि मानसिक तनाव भई आत्महत्या गर्नेको संख्या बढेको छ । डिप्रेसन लगायतको मानसिक रोगका मानिसले अकालमै ज्यान फाल्ने गरेको छन् । सोको लागि मानसिक समस्या देखिएमा नेपाल सरकारको टोल फ्रि नम्बर ११६६ मा सम्पर्क गरेर पनि परामर्श लिन सकिने पौडेलले जानकारी दिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend