काठमाडाैं । भोजपुरी फिल्म क्षेत्रकी चर्चित अभिनेत्री त्रिशाकर मधु सामाजिक सञ्जालमा यतिबेला ट्राेलकाे शिकार बनेकी छन् । उनकाे एक भिडियाे लिक भएपछि उनी ट्राेलकाे शिकार भएकी हुन् । उनकाे एक एमएमएस भिडियाे लिक भएकाे हाे ।
मधुले आफ्ना प्रेमीसँग समय बिताएको भिडियो लिक भएको हो ।
कतिपय सामाजिक सञ्जाल प्रयाेगकर्ताले भने उनीमाथि ‘पब्लिसिटी’ को लागि एमएमएस लिक गरेको आरोप लगाएका छन् । मधुले उक्त भिडियो उनकै प्रेमीले लिक गरेको आरोप लगाएकी छन् । उनले भिडियो सार्वजनिक गर्नेलाई चेतावनी समेत दिएकी छन् ।
उनले आफ्नो निजी भिडियो सार्वजनिक गर्नेलाई निशाना बनाएर सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवानले सब हेरिरहेको छ । मलाई गिराउनका लागि मेरो निजी भिडियो सार्वजनिक गरिएको हो ।’
मधुले भिडियो आफै बनाएको पनि स्वीकार गरेकी छन् । उनले भिडियो आफैँले बनाएको तर कसैले गलत नियतले सार्वजनिक गरिदिएको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।