logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • तालिबान काबुल पुगेपछि अफगान सरकार शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तयार

    तालिबान काबुल पुगेपछि अफगान सरकार शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तयार

    3.3K
    Shares

    काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलको बाहिरी भागमा तालिबान लडाकूहरू आइपुगेपछि सरकारले शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने तयारी गरेको छ । 

    अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने जनाएका छन् । तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनकाे उक्त अभिव्यक्ति आएकाे हाे । 

    उनले काबुलमा तालिबानले आक्रमण नगर्नेसमेत बताएका छन् । तालिबानका वार्ताकारहरू शक्ति हस्तान्तरणका लागि कुराकानी गर्न राष्ट्रपति भवन गएकाे समाचार संस्थाहरुले जनाएका छन् ।

    तालिवानले अफगानिस्तानका ३४ मध्ये २३ वटा प्रान्तीय राजधानी कब्जा गरिसकेकाे छ । २० वर्षपछि अमेरिका फर्किएपछि तीव्रगतिमा तालिवानीले अफगानिस्तान नियन्त्रणमा लिएकाे हाे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend