logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अफगानिस्तान युद्ध : राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

    अफगानिस्तान युद्ध : राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

    2.4K
    Shares

    एजेन्सी । विद्रोही समूह तालिबानको धम्कीपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । अफगानी अधिकारीहरुलाई उदृत गर्दै अफगानका उपराष्ट्रपति अमरुल्लाह सलेह पनि भागेको बीबीसीले उल्लेख गरेको छ । 

    पछिल्लो समय अफगानिस्तानको ठूला प्रान्तहरुसहित आधा भन्दा धेरै प्रान्तमा आफ्नो कब्जा जमाइसकेको तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो।

    दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको अवस्थामा घानी राजीनामा दिनुपर्ने दबावमा थिए।

    अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकूले नियन्त्रणमा लिएको छ । तालिबान लडाकूले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त २४ घण्टाभित्र नियन्त्रणमा लिएका थिए । 

    अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकू आक्रामक भएको हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend