काठमाडौं । इण्डियन रियालिटी शो ‘इण्डियन आइडल १२औं सिजन’को विजेता पवनदीप राजन बनेका छन् । विजेता बनेसँगै उनले २५ लाख भारतीय रुपैयाँ र लक्जरी कार हात पारेका छन् ।
फाइनलमा पुगेका ६ जना प्रतिष्पर्धीबीच भारत उत्तराखण्ड चम्पावतका पवनदीपले ट्रफी जितेका हुन् । भारतको ७५औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले उपाधि जितेका हुन्।
फाइनलमा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेलाई पछि पार्दै उनले अवार्ड जितेका हुन्।
इण्डियन आइडल १२औं सिजनको फाइनल १२ घण्टासम्म चलेको थियो ।