logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सरकार गठनको तयारीमा तालिबान, कुनै किसिमको प्रतिशोध नलिइने दाबी

    सरकार गठनको तयारीमा तालिबान, कुनै किसिमको प्रतिशोध नलिइने दाबी

    1.8K
    Shares

    एजेन्सी । अफगानिस्तानको सत्ता कब्जा गरेको विद्रोही समूह तालिबानले सरकार गठनको तयारी गरेको छ । 

    तालिबानका एक प्रवक्तालाई उदृत गर्दै अफगानिस्तानमा तालबान नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भएको बीबीसीमा उल्लेख छ । 

    प्रवक्ता  मोहम्मद नइमले अलजजिरा टेलिभिजनसँगको कुराकानीमा  ‘अफगानिस्तानमा युद्ध सकिएको’ बताएका छन् । उनले तालिवान विश्व परिवेशबाट अलग रहेर बस्न नसक्ने बताउँदै नयाँ शासन प्रणाली र त्यसको स्वरूपबारे छिट्टै जानकारी दिइने बताए ।

    अफगान जनता, उनीहरूको सम्पत्ति र जीवन सुरक्षित हुने तथा कसैसँग पनि कुनै किसिमको प्रतिशोध नलिइने पनि नइमले बताएका छन् । 

    देशका अधिकांश भागमा नियन्त्रण कायम गरेपछि गत आइतबार तालिबान लडाकुहरू राजधानी काबुल प्रवेश गरेका थिए। सोही दिन राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए।

    तालिवानले नियन्त्रणमा लिएसँगै अफगानिस्तानको राजधानी काबुलमा त्रास बढेको छ । अफगानिस्तानबाट बाहिरिने प्रयासका लागि सयौं मानिसहरू विमानस्थलमा जम्मा भएका छन् । विमानस्थलमा भीड अनियन्त्रित भएपछि सोमबार बिहान अमेरिकी सेनाले हवाई फायर गरेको थियो । त्यस क्रममा कम्तीमा ६ जनाको ज्यान गएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तस्बिर: एपी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend