logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • आफ्नो बचाउमा उत्रिए बाइडेन ‘अफगानिस्तानको हालतमा त्यहाँका नेता नै जिम्मेवार’

    आफ्नो बचाउमा उत्रिए बाइडेन ‘अफगानिस्तानको हालतमा त्यहाँका नेता नै जिम्मेवार’

    1.9K
    Shares

    एजेन्सी । अमेरिक्री राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको ताजा स्थितीका लागि त्यहाँका नेता नै जिम्मेवार रहेको बताएका छन् । 

    तालिबानले राजधानी काबुललाई नियन्त्रणमा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीसहितका नेताले देश छोडेर भागेका थिए । उनीहरु नै अहिलेको परिस्थितीको जिम्मेवार रहेको राष्ट्रका नाममा सम्बोधन गर्दै बाइडेनले बताएका हुन् । 

    त्यस्तै उनले अमेरिकी सैनिकले प्रशिक्षण गराएका अफगननी सैनिकले नै विना संघर्ष हार स्वीकार गरेको आरोप लगाएका छन् । 
    अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा रहेका आफ्ना सैनिक फर्काउन थालेपछि तालिबानले त्यहाँ कब्जा जमाएको हो ।

    यही विषयलाई लिएर अहिले अमेरिकी राष्ट्रपति बाइडेनको सर्वत्र आलोचना भइरहेको छ । आलोचनाकैबीच बाइडेनले आफ्नो बचाउ गरेका हुन् । 

    अहिले पनि काबुल स्थित विमानस्थलमा अमेरिकी सैनिकले सुरक्षा दिइरहेका छन् । यसैबीच बाइडेनले आफ्ना सैनिकमाथि तालिबानलाई केही नगर्न चेतावनी दिएका छन् । यदि त्यस्तो भएमा अमेरिका भयानक शक्तिका साथ आफ्ना नागरिकको बचाउमा उत्रिने बताएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend