logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • तालिबान उच्च तहका नेताहरु स्वदेश फर्किए

    तालिबान उच्च तहका नेताहरु स्वदेश फर्किए

    2.4K
    Shares

    एजेन्सी । अफगानिस्तानलाई आफ्नो नियन्त्रण्मा लिएपछि तालिबान समूहका उच्च नेतृत्वमा रहेका नेताहरू स्वदेश फर्केका छन् । 

    कतारमा निर्वासित जीवन बिताइरहेका तालिबानका संस्थापकमध्येका एक मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेको बीबीसीमा उल्लेख छ । कान्दहार विमानस्थलनमा उत्रिएका उनी कारमा बसेर बाहिरिएका थिए । सो क्रममा उनको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडिओ फुटेजहरू बाहिरिएका छन्।

    मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए । तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए। पक्राउ पर्दा उनी तालिबानका दोस्रो प्रभावशाली नेता थिए । 

    सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो। उनी सधैँ अकोमेरिकासँगको वार्ताका समर्थक थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend