logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • चीनको युनान प्रान्तमा मेला तथा लगानी महोत्सव

    चीनको युनान प्रान्तमा मेला तथा लगानी महोत्सव

    1.5K
    Shares

    काठमाडौं । चीनको युनान प्रान्तमा आयोजना हुन लागेको दक्षिण तथा दक्षिणपूर्वी एसिया वस्तु मेला तथा लगानी महोत्सवमा सहभागी हुन नेपाली उद्यमीलाई आह्वान गरिएको छ । उक्त मेला यही अगस्तको अन्तिममा हुँदैछ ।

    ‘नयाँ विकासका लागि नयाँ अवसर’ नारा दिइएको उक्त महोत्सवमा प्रदर्शनकर्ता र दक्षिणपूर्वी तथा दक्षिण एशियाका तर्फबाट विभन्न वस्तु तथा सेवा उद्यमीहरुको सहभागिता रहनेछ । यो कार्यक्रम चीनको दक्षिण–पश्चिममा रहेको युनान प्रान्तको राजधानी कुनमिङ्गमा अगस्ट २५ देखि २९ तारिखसम्म हुनेछ । कार्यक्रममा अनलाइन मार्फत सहभागिता जनाउन सकिनेछ ।

    हरेक विजोर वर्षमा हुने प्रादेशिक स्तरको यो महोत्सव चीन र एशियाका देशहरुबीच सम्बन्ध र व्यापार साझेदारलाई सुधार गर्न महत्वपूर्ण मानिन्छ । ६४ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कुनमिङ्ग गुनसाङ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने यस मेलामा ३ हजार वटा प्रदर्शनी स्थलहरु राखिनेछन् । 

    काठमाडौंस्थित युनान प्रान्तिय सीमापार प्रतिनिधि कार्यालयका अनुसार यो नेपाली उद्यमीहरुका लागि आफ्ना सामान चीनमा प्रवर्धन गर्ने सुनौलो अवसर हो । कार्यालयले भनेको छ, ‘मेलामा नेपाली व्यवसायीहरु पनि सहभागी हुन सक्छन् र आफ्ना वस्तु तथा परियोजनाहरु विना कुनै शुल्क चिनियाँ तथा एसियाली उद्यमीहरु माझ प्रस्तुत गर्न सक्छन् । अनलाइनमा हरेक कम्पनीका लागि आफ्ना सामान तथा परियोजनाका फोटो तथा जानकारी राख्नका लागि छुट्टै पेज उपलब्ध गराइनेछ ।’

    यो वर्ष मेला सञ्चालनलाई अझ व्यवस्थित बनाइएको छ । वस्तुहरुको प्रदर्शनलाई सजिलो बनाउन ती सामानहरुको कस्टम क्लियरेन्स तथा व्यापार छलफलको लागि पनि सहजीकरणको व्यवस्था गरिएको छ । 
    ‘हरेक उद्यमीले आफैं आधिकारिक वेबसाइट धधध.अकब–भहउय.अयm मा गएर आफ्नो कम्पनीलाई दर्ता गर्न सक्नेछन् । आयोजकले तपाईंको कम्पनी र वस्तुको प्रकृति हेरेर उपयुक्त स्थल सुझाउनेछन्,’ नेपाल–भुटान सिमापार प्रतिनिधि कार्यालयका निर्देशक लिङचेङ यु भन्नुहुन्छ ।

    नेपालीहरु अनलाइनबाट मात्रै मेलामा सामेल हुन सक्ने भए पनि उनीहरुका वस्तु प्रदर्शन स्थलमा राख्नका लागि एजेण्टमार्फत चीन पनि पठाउन सकिने उहाँले बताउनुभयो । 
    सन् २०१५ मा स्थापना भएको यस प्रतिनिधि कार्यालयले उर्जा, होटल, पर्यटन, फूल व्यवसाय, कृषि लगायतका क्षेत्रमा नेपाललाई चीनका व्यापारीसँग सहकार्यका लागि सहजीकरण गर्दै आएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend