logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • देश छाडेका अफगानी राष्ट्रपतिलाई युएईले दियो शरण

    देश छाडेका अफगानी राष्ट्रपतिलाई युएईले दियो शरण

    2K
    Shares

    एजेन्सी । अफगानिस्तानमा तालिबान समूहले नियन्त्रण जमाएपछि देश छाडेर भागेका राष्ट्रपति असरफ घानीलाई संयुक्त अबर इमिरेट्स युएईले शरण दिएको छ । 

    युएईको विदेश मन्त्रालयले जारी गरेको बयानमा ‘मानवीय आधारमा राष्ट्रपति घानी र उनको परिवारलाई देशमा स्वागत गरिएको’ उल्लेख गरेको छ । 

    गत आइतबार तालिबान समूहले राष्ट्रपति भवनसहित काबुल कब्जा गरेपनि घानी देश छाडेर भागेका थिए । उनको सो कदमको अमेरिकाले चर्को आलोचना गरेको थियो । 

    अफगानिस्तानलाई आफ्नो नियन्त्रण्मा लिएपछि तालिबान समूहका उच्च नेतृत्वमा रहेका नेताहरू भने स्वदेश फर्केका छन् ।

    तारमा निर्वासित जीवन बिताइरहेका तालिबानका संस्थापकमध्येका एक मुल्लाह अब्दुल गनी बरादर पनि बुधबार अफगानिस्तान पुगेको बीबीसीमा उल्लेख छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend