काठमाडौं । अमेरिकी मोडल तथा विजनेश विमन काइली जोनर पछिल्लो समय गोल्डेन मेकअपको फोटोसुटका कारण चर्चामा छन् ।
आफ्नो २४औँ जन्मदिनको खुशीयालीमा काइलीले शरीरमा समेत गोल्डेन मेकअप गराएर बोल्ड फोटोसुट गराएकी छिन् । काइली कस्मेटिक ब्राण्डकी मालिक समेत रहेकी उनले आफ्नै घरको बाथरुममा फोटोसुट गराएकी हुन् ।
काइली कस्मेटिक ब्राण्ड २४के को लन्चको लागि गराएको फोटोसुटमा उनले शर्रीरको कम्मरमाथि सम्मको भागमा गोल्डेन मेकअप गराएकी हुन् ।
गोल्डेन बिकिनीमा खिचिएको तस्बिरलाई उनले इन्स्टाग्राममा राखेकी छिन् । उनको सो तस्बिरहरु फ्यानले निकै रुचाएका छन्उनले १० अगस्टमा आफ्नो जन्मदिन मनाएकी थिइन् । काइली एक छोरीकी आमा हुन् ।