logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • नक्कली कागजातका आधारमा करोडौं ठगी

    नक्कली कागजातका आधारमा करोडौं ठगी

    3K
    Shares

    काठमाडौं ।  नक्कली कागजातका आधारमा विभिन्न व्यक्तिलाई करोडौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंह पक्राउ परेका हुन्  ।

    ललितपुर महालक्ष्मी नगरपालिका बस्ने सिंहले बुटवल–नाराणघाट सडक खण्डको दायाँबायाँको रुख कटानको सब-कन्ट्रयाक छ भनेर चाईना स्टेट कन्स्ट्रक्सन इन्जनियरिङ कोअपरेशन लिमिटेड (सिएससिईसी) को कागजात देखाएर रुपन्देशी बुटवल उपहानगरपालिकाका दुई जनालाई पैसा नभएको कुमारी बैंकको चेक दिएर ठगी गरेको आरोप छ।

    रुख कटानको जिम्मा पाएको अञ्जुली कन्स्ट्रक्सन र आफुबीच साझेदारी रहेको भन्दै उनीहरुबाट ४३ लाख ७३ हजार ठगी गरेको आरोप छ। लगानीको ४० प्रतिशत दिने भन्दै सिंहले ठगी गरेका थिए। सिंहले आफू ‘अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ’ भन्दै रुपन्देही साँस्कृतिक नगरपालिका–६ बस्ने अर्का एक जनाको कार समेत भाडामा लिएर ठगी गरेको पाइएको छ। 

    महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार पीडितको व्यक्तिको बा १२ च ३८५९ नम्बरको कारको भाडा मासिक ९० हजार रुपैयाँ दिने भनी २०७६ वैशाखमा लगी सम्पर्क विहिन भएका सिंहले नक्कली ब्लु बुक देखाएर कार आठ लाख ३५ हजार रुपैंयामा बन्धकी राखेर ठगी गरेको पाइएको छ।

    महाशाखाका अनुसार चुरियामाई ईन्टरप्राइजेज जडिबुटी काठमाडौंका सञ्चालकसँग बजाज कम्पनीको बा ९५ प १६८ नम्बरको मोटरसाइकल खरिद गर्ने भन्दै ३० हजार रुपैयाँ दिई बाँकी पैसा नदिएर सिंह फरार भएको आरोप छ।

    धनुषा जनकपुरधाम उपमहानगरपालिकास्थित न्यू साह एण्ड ईन्टरप्राइजेजका सञ्चालकलाई रोयल हाईड्रो कन्स्ट्रक्सनको म्यानेजिङ डाईरेक्टर भनेर प्रदेश–३–०१ ०२३ च ००५० नम्बरको कार मासिक एक लाख ५० हजार रुपैयाँ भाडा दिन्छु भनी ठगी गरेको आरोप सिंहमाथि छ। नक्कली छाप र लेटरप्याड प्रयोग गरेका सिंहले आफु उक्त हाईड्रोको सञ्चालक हुँ भन्दै नक्कली कागजका आधारमा विभिन्न व्यक्तिबाट एक करोड रुपैंया ठगी गरेको आरोप छ।

    जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट लाटीकोईली गाविस–७ ठेगाना भएको नागरिकता बनाएका सिंहले सोही नागरिकता प्रयोग गरी विभिन्न बैंकहरूमा खाता खोली ठगी कार्यमा प्रयोग गरेको प्रहरी अनुसन्धानले देखाएको जानकारी महाशाखा प्रमुख एसएसपी खापुङले दिए । उनले सोही नागरिकताका आधारमा सवारी चालक अनुमतिपत्र समेत किर्ते गरी बनाएको अनुसन्धानबाट खुलेको छ। खापुङले भने, ‘प्रारम्भीक अनुसन्धानमा सिंहले ठगी गरेको पुष्टी हुन्छ । थप अनुसन्धान गर्दैछौं।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend