logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • हास्यकलाकार शम्भुराज थापाको निधन

    हास्यकलाकार शम्भुराज थापाको निधन

    2K
    Shares

    काठमाडौं । चर्चित हास्यकलाकार शम्भुराज थापाको शनिबार बिहान निधन भएको छ ।

    कोरोना भाइरसको संक्रमणका कारण पाटन अस्पतालमा उपचाररत उनको निधन पुष्टि गर्दै निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले दुईसाता अघि देखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिए । 

    ६४ वर्षीय थापाको शनिबार बिहान ४:४० बजे निधन भएको र केहीबेरमा पशुपति आर्यघाटमा अन्त्यष्टी गर्ने तयारी रहेको श्रेष्ठले बताए । 

    थापाले हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायतका हास्य टेलिश्रृङ्खलामा अभिनय गरेका थिए । साथै केही चलचित्रमासमेत उनको अभिनय रहेको थियो । उनको परिवारमा श्रीमती, एक छोरा र छोरी छन् । 

    कलाकार थापाको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमामार्फत दुख व्यक्त गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend