logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अफगानी राष्ट्रपति गनीका भाइ हशमत तालिबानी संगठनमा प्रवेश

    अफगानी राष्ट्रपति गनीका भाइ हशमत तालिबानी संगठनमा प्रवेश

    2.9K
    Shares

    काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले कब्जा गरेपछि राष्ट्रपति अशरफ गनी विदेश भागेका छन् । तर उनका भाइ हशमत गनी तालिबानी संगठनमा प्रवेश गरेका छन् ।

    तालिबान नेता खलील–उर रहमान र धार्मिक नेता मुफ्ती महमूद जाकिरसामु हशमतले तालिबान प्रवेशकाे घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    उनका दाइ पूर्व राष्ट्रपति अशरफ गनी देश छाडेर यूएईमा शरण लिन पुगेका छन् । यूएईले उनलाई मानवीय आधारमा शरण दिएको जनाएको छ । गनीमाथि भारीमात्रामा पैसा लगेकाे आराेप पनि लागेकाे छ । यद्यपी याे आरोप भने उनले अस्वीकार गरेका छन् ।

    तालिबानीले अफगानिस्तान कब्जा गरेपछि भागेका उनकाे कडा आलाेचना भइरहेकाे छ । यद्यपी उनले अफगानिस्तानमा रक्तपात राेक्नका लागि आफूले उक्त कदम चालेकाे बताउने गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend