logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • तालिबानकाे सरकार बनाउन काबुल पुगे बरादर

    तालिबानकाे सरकार बनाउन काबुल पुगे बरादर

    2.7K
    Shares

    काठमाडाैं । अफगानिस्तानमा नयाँ सरकार गठन गर्न तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादर राजधानी काबुल पुगेका छन् ।  तालिबानका एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी एएफपीसँग समावेशी सरकार गठनका लागि बरादरले काबुलमा जिहादी नेता र अन्य व्यक्तिसँग भेटवार्ता गर्ने बताएको बीबीसीले उल्लेख गरेकाे छ । 

    बरादर सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका थिए । त्यसपछि सन् २०१८ मा उनलाई कतार पठाइएको थियो ।  दोहामा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि बरादरलाई तालिबानको राजनीतिक कार्यालय प्रमुखमा नियुक्त गरिएको थियो ।   

    बरादर कतारबाट मंगलबार अफगानिस्तानको दोस्रो ठूलो सहर पुगेका थिए, जसलाई तालिबानको जन्मभूमि पनि मानिन्छ । 

    केही दिनअघि तालिबानले राजधानी काबुल कब्जा गरेपछि त्यहाँका राष्ट्रपति असरफ गनी राष्ट्रपतिको कार्यालय छाडेर भागेका छन् । उनी यूएईमा सपरिवार शरण लिएर बसेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

    याे पनि पढ्नुहाेस्  । 

    अफगानिस्तानमा एक नजर : तालिबानको कुन नेताले सम्हाल्लान् सत्ता ?

    कसको नेतृत्वमा कस्तो होला तालिबानको नयाँ सरकार ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend