logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु

    काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु

    2.5K
    Shares

    काठमाडाैं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएकाे बीबीसीले उल्लेख गरेकाे छ । 

    समाचारमा मृत्युको कारण भने खुलाइएको छैन । देशबाट बाहिर भाग्ने क्रममा उनीहरु विमानस्थल बाहिर जम्मा भएका थिए ।  बेलायती रक्षा मन्त्रालयले जारी गरेकाे बयानमा भनिएकाे छ ‘विमानस्थल बाहिरकाे स्थिति अत्यन्त चुनाैतिपूर्ण रहेकाे छ । याे स्थिति सम्हाल्ने प्रयासमा लागिरहेका छाैँ ।’

    हजारौं अफगान नागरिकहरु देश छोड्नका लागि प्रयास गरिरहेका छन् । यही कारण काबुल एयरपोर्ट अराजक बनेकाे छ । अन्य मुलुकहरु पनि अफगानिस्तामा रहेका आफ्ना नागरिक फर्काउनका लागि प्रयास गरिरहेका छन् ।  

    विमानस्थलबाहिर भने तालिवानी लडाकुहरु बसेका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि ३१ अगस्टसम्म सबै सैनिकलाई अफगानिस्तानबाट बाहिर निकाल्ने निर्णय लिएका थिए । अमेरिका अफगानिस्तानबाट बाहिरिने निर्णयपछि तालिबानले अफगानिस्तान कब्जा गरिसकेकाे छ ।

    उक्त अवधिमा सबै विदेशी नागरिकलाई अफगानिस्तानबाट फर्काउन नसकिने अन्य देशहरुले जनाएका छन् । उनीहरुले समयसीमा बढाउनका लागिसमेत बाइडेनसमक्ष आग्रह गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend