logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • किसान संगठनले भने–ओली सरकारले जस्तो बेइमानी नगर

    किसान संगठनले भने–ओली सरकारले जस्तो बेइमानी नगर

    2.6K
    Shares

    काठमाडौं । उखु किसानको मागलाई केपी शर्मा ओली सरकारले जस्तो बेइमानी नगर्न विभिन्न ६ वटा किसान संगठनले अनुरोध गरेका छन् । किसान संगठनले चिनी उद्योगीहरुले उखु किसानको रकम तत्काल भुक्तानी गराउन माग पनि गरेका छन् । 

    अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो यस्तो माग गरेका हुन् । उनीहरुले किानको रकम एकमुष्ट भुक्तानी नगरे चिनी उद्योग, व्यापारी र सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

    ६ संगठनले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान सरकारले ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरुले चिनी मिलहरु र अन्य व्यापारीहरुलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने रकम अविलम्ब भुक्तानी गर्न गराउन हामी किसान संगठनहरु जोडदार माग गर्दछौँ । यदि किसानहरुको रकम तत्काल भुक्तानी नगरिएमा हामी उखु किसानहरुको पक्षमा चिनी उद्योग तथा व्यापारीहरु र सरकारको विरुद्ध कडा संघर्षमा उत्रिने र संघर्षको मैदानमा कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित चिनी उद्योगी, व्यापारी तथा सरकार हुने कुरा पनि यसै प्रेस वक्तव्यमार्फत स्पष्ट पार्न चाहन्छौं ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend