logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • दीपाश्रीको जन्मदिनमा दीपकराज गिरीले के लेखे ?

    दीपाश्रीको जन्मदिनमा दीपकराज गिरीले के लेखे ?

    2.2K
    Shares

    काठमाडौं । कलाकार दीपाश्री निरौलाको आज जन्मदिन । उनको जन्मदिनमा सामाजिक सञ्जालमार्फत कलाकार तथा शुभेच्छुकहरुले शुभकामना दिइरहेका छन् । यी मध्ये कला क्षेत्रमा उनको जोडीको रुपमा रहेका तथा नजिकका साथी कलाकार दीपकराज गिरीले लामो शुभकामना दिएका छन् । 

    ३० वर्ष अघि आफूहरुको भेट र त्यसपछिको सहयात्रालाई वर्णन गर्दै दीपकले संसारकै सबैभन्दा जाति मान्छे भन्दै दीपाको वर्णन गरेका छन् । उनले लेखेका छन्, ‘३० वर्ष अघिको कुरा हो, म हरेक दिन रेडियो नेपाल जान्थे, नाटक खेल्न । खुट्टामा चप्पल हुन्थ्यो, शरिरमा झुत्रे लुगा तर आँखामामीठो सपना थियो । मिहेनत धेरै गरेँ, संघर्ष धेरै भयो तर सफलता अझै टाढा थियो । हरेक दिन संघर्ष संगै ईश्वरसंग प्रार्थना गरिरहन्थे । न मेहनत काम लागिरहेको थियो, न प्रार्थना । त्यहि समय रेडियो नेपालमा एकदिन उनीसंग मेरो भेट भयो । त्यो भेट बिस्तारै सहकार्यमा बदलियो । ‘राम बिलास धनियॉ ५ वर्ष’, ‘तीतो सत्य १२ वर्ष ।’ बिभिन्न चलचित्रहरू १० वर्ष गर्दै आज म यहाँ आइपुगेको छु । मैले ईश्वरसंग धेरै गुनासो गरेको थिएँ, सफलता मागेको थिएँ तर ईश्वरले आशिर्वाद रूपमा कतिबेला उनीलाई मेरो साथी बनाएर पठाएछन् पत्तै भएन । उनी एउटा यस्तो साथी, जो अरूको खुशीका लागि आफ्नो खुशी त्यागिदिन्छ, जो अरूको सपना पूरा गर्न आफ्ना सपनाहरूलाई पिन्जडामा थुन्न सक्छ । अरूकै लागि हाँस्न सक्ने, अरूकै लागि बाँच्न सक्ने, कसैको आँशु देख्नै नसक्ने, मुख अलि छुच्चो तर मन सारै कमलो, जसले जे भनोस् उनी संसार कै सबैभन्दा जाति छिन्,
    मेरो एउटा साथी छिन् !
    जो सबैभन्दा माथि छिन् !
    तिमीलाई जन्मदिनको लाखौँ, करौडौँ, अर्बौँ, खर्बौँ शुभकामना प्रिय साथी दीपा ।’

    विकिपिडियामा उल्लेख भए अनुसार दीपा २०३२ साल भदौ ७ गते जन्मिएकी हुन् । मिडियामा आफ्नो उमेर खुलाउन नरुचाउने दीपाले आज ४६औँ जन्मदिन मनाइरहेकी हुन् ।

    फिल्म छक्का पञ्जामार्फत सफल निर्देशकको समेत ट्याग भिरेकी दीपाले चर्चित टेलिश्रृंखला तीतो सत्य, अग्नी पथ, देवी, परिणाम लगायत दुई दर्जन टेलिश्रृंखलामा अभिनय गरेकी छिन् । उनलाई सुनौलो नेपालको तर्फबाट जन्मदिनको शुभकामना ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend