logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • प्रहरी अनुसन्धानको नयाँ रहस्य : ग्यास्ट्रिक चूर्णको नाममा गाँजा तस्करी‍

    प्रहरी अनुसन्धानको नयाँ रहस्य : ग्यास्ट्रिक चूर्णको नाममा गाँजा तस्करी‍

    4.4K
    Shares

    काठमाडौं ।  ग्यास्ट्रिक चूर्ण औषधी लेखेको बट्टामा लागू औषध गाँजा लुकाएर तस्करी गर्न खाज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन खैरेनी घर भएका २९ वर्षीय बद्रीराज पाठक छन्।

    मंगलबार बिहान साढे १० बजे वैदेशिक रोजगारको सिलसिलामा कतार जान लागेका पाठकले ग्यास्ट्रिक चूर्ण लेखेको बट्टा भित्र प्लाष्टिकले पोको पारेर गाँजा लुकाई लैजान लागेका थिए।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्ने क्रममा उक्त लगेज भित्र गाँजा फेला परेको हो। लगेजभित्र ग्याष्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदकि औषधि उद्योग गोकर्नेश्वर– १, काठमाण्डौं लेखिएको सिल गरेको बट्टा भित्र लागू औषध गाँजा ८०० ग्राम फेला परेको हो।

    विमानस्थल प्रहरीले पाठकलाई पक्राउ गरेर थप कारबाहीको लागि लागू औषध नियन्त्रण ब्यूरो पठाएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी  दिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend