logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नेप्सेमा उच्च गिरावट

    नेप्सेमा उच्च गिरावट

    1.9K
    Shares

    काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको हो । बुधबार सुरुवातबाट नै ओरोला लागेको नेप्सेमा बीचमा केही उतार–चढाव देखिए पनि अन्त्यमा ४८.४२ अंकको गिरावट हुँदा ३०७६.४४ अंकमा बन्द भएको छ ।

    गएको बुधबार ३१९.०३ अंकको ऐतिहासिक उचाइमा पुगेर बिहीबारदेखि ओरालो लागेको नेप्सेमा पछिल्लो तीन कारोबार दिनमा नै करिब १२३ अंकको गिरावट भइसकेको छ । मंगलबार (हिजो) ५६ अंकले गिरावट भएको नेप्सेमा बुधबार ४८ अंकले गिरावट आएको छ । नेप्सेमा सबै उपसूचकमा गिरावट आएको हो ।

    निर्जीवन बीमा उपसूचक सर्वाधिक २.८४ प्रतिशत, विकास बैंक उपसूचक  २.८१ प्रतिशत, उत्पादनमूलक उपसूचक २.२२ प्रतिशत, जीवन बीमा उपसूचक १.९६ प्रतिशत र लगानी उपसूचक पनि १.९६ प्रतिशतले गिरावट भएको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा पनि १.४३ प्रतिशतले गिरावट भएको छ ।

    नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घट्दै गएको छ । गएको बिहीबार साढे २० अर्बमाथिको कारोबार भएको बजारमा हिजो १६ अर्बमा झरेको थियो भने बुधबार कारोबार रकम १२ अर्बमा झरेको छ । बुधबार नेप्सेमा १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर खरिद–बिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाख ४ हजारको कारोबार भएको छ ।

    बुधबारको कारोबार रकममा अरुण काबेली पावरले लिड गरेको छ । कम्पनीको सर्वाधिक ४८ करोड ७१ लाख ३ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ४८ करोड ७० लाख ६५ हजार र अरुण भ्याली हाइड्रोपावरको ४६ करोड ७१ लाख ११ हजारको कारोबार भएको छ । नेप्सेमा १८५ कम्पनीको सेयर कारोबारमा आएकोमा जीवन विकास लघुवित्त र आईसीएफी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लेभलमा बन्द भएको छ । 

    तर खानीखोला हाइड्रोपावरको सेयर मूल्य भने नेगेटिभ सर्किट लेभलमा बन्द भएको छ । यस्तै, जानकी फइनान्सको सेयर मूल्य ६.०६ प्रतिशत र जनरल इन्स्योरेन्सको सेयर मूल्य ५.६९ प्रतिशतले बढेको छ । कारोबार भएका मध्ये १६२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा २१ कम्पनीको मूल्य बढेको छ भने दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend